विप्लवका नारायणयी ब्युरो सदस्यसहित २० कार्यकर्ता नेकपामा प्रवेश

तु खबर संवाददाता
२०७६ कार्तिक २५, सोमबार ०८:०९

मकवानपुर, २५ कात्तिक । नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेकपा परित्याग गर्दै २० कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

नारायणयी ब्युरो सदस्य चन्द्रबहादुर थिङको नेतृत्वमा इलाका सेक्रेटरी बल।ाम मेगी, क्रान्तिकारी युवा केन्द्रीय सदस्य आइसमान ब्लोनसहित विभिन्न गाउँ कमिटीका २० पधारीकारी नेकपामा प्रवेश गरेको नेकपा मकवानपुर सचिव तथा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज विरोध खतिवडाले पार्टी प्रवेश गर्नेलाई टिका र खाता लगाएर स्वागत गरेका थिए । आजको हेटौँडा सन्देश दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*