भारतले नेपाली भूभाग समावेश गरेकाबारे गर्न संसदीय समितिले प्रधानमन्त्रीलाई बैठक बोलायो

तु खबर संवाददाता
२०७६ कार्तिक २४, आईतवार १२:१५

काडमाडौं, २४ कात्तिक । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग सवावेश गरेको विषयमा छलफल गर्न प्रंधानमन्त्री केपी शर्मा ओलीलाई संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बैठकमा बोलाएको छ ।

भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग (लिपुलेक, कालापानी) परेको भन्दै समितिले प्रधानमन्त्री ओलीलाई सोमबार बैठक बोलाएको उक्त समिति सचिवालयले जनाएको छ ।

भारतीय नयाँ नक्सामा नेपाली भूभाग परेको भन्दै नेपालमा सर्वत्र विरोध भइरहे पनि सो नक्सामा भारतले भने नेपाली भूभाग नपरेको दाबी गर्दै आएको छ ।

यस विषयमा छलफल गर्न शनिबार बसेको सर्वदलीय बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको निष्कर्ष निकाल्दै नेपाली भूभाग फिर्ता ल्याउने पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*