गाउँमै अस्पताल बनाउँदै मकवानपुरगढी गाउँपालिका

तु खबर संवाददाता
२०७६ कार्तिक २४,आईतवार ०९:१८

मकवानपुरको एक स्थानीय तहले गाउँपालिका बासीलाई गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माण गर्न लागेको छ ।

मकवानपुरगढी गाउँपालिकाले गाउँपालिकाको मध्य भागमा पर्ने आमभन्ज्याङको डुम्रेकुनामा १५ शय्याको अस्पताल बनाउने योजना अन्तिम चरणमा पुगेको छ ।

उक्त अस्पताल भवन निर्माण गर्न स्थानीय तीन जना दाताले १३ कठ्ठा जमिन उपलब्ध गराएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले बताए ।

संघीय सरकारले एक स्थानीय तहमा एक अस्पताल स्थापना गर्ने योजना ल्याएसँगै  गाउँपालिकाले अस्पताल निर्माणका लागि चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।  अस्पताल निर्माण गर्न ५ करोड रुपैयाँ लाग्ने गाउँपालिकाको स्टिमेट छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*