प्रेस युनियन मकवानपुरको प्रशिक्षण आज
मकवानपुर, २३ कात्तिक । नेपाल प्रेस युनियन मकवानपुरको अयोजनामा आज शनिबार हुने प्रशिक्षण कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।
मकवानपुरको उत्तरी क्षेत्र चित्लाङमा आयोजना हुने प्रशिक्षण तथा तालिमको सम्पुर्ण तयारी पुरा भएको प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी (पोष्ट राज) ले जानकारी दिए ।
उक्त प्रशिक्षण तथा तालिममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघ पुर्व महासचिव पोषण केशी, प्रेस युनियन केन्द्रीय सदस्य एवं मध्यमाञ्चल संयोजक राममणि दाहाल लगायतकाले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
प्रशिक्षण कार्यक्रममा युनियनमा आवद्ध करिब ६० जना पत्रकारहरुको सहभागीता रहने युनियन अध्यक्ष अधिकारीले बताएका छन् ।
