युवाका सीपलाई उद्यममा जोड्न सके मात्र मुलुक समृद्ध बन्छ : मुख्यमन्त्री पौडेल

२०७६ कार्तिक २२,शुक्रबार १७:२१

मकवानपुर, २२ कात्तिक । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले युवाका सीपलाई उद्यममा जोड्न सके मात्र मुलुक समृद्ध बन्ने बताएका छन् ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७, अमलटारमा प्रदेश सरकारको लगानीमा निर्मित भूकम्पपीडित युवा उद्यमी तालीम केन्द्र भवनको उद्घाटन गर्नुहुँदै सो कुरा बताएका हुन् ।

“हामी हरेक स्थानीय तहमा एक उद्योगग्राम खोल्ने अभियानमा छौँ”, उनले भने । मुख्यमन्त्री पौडेलले युवाहरुलाई उद्यम र उत्पादनमा जुट्नसमेत आग्रह गरे ।

विभिन्न गाउँ–ठाउँमा उत्पादित कृषि उत्पादनले बजार नपाएकाप्रति इङ्गित गर्दै उनले प्रदेश सरकारले कृषि उत्पादनका लागि बजार खोजिदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*