विकास बजेट काटरै भएपनि महिलाको उपचारको क्षेत्रमा सहयोग गछौं : मेयर महत

तु खबर संवाददाता
२०७६ कार्तिक २२, शुक्रबार ०८:५९

मकवानपुर, २२ कात्तिक । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले महिलाको उपचारका क्षेत्रमा कुनैपनि खालको सहयोग गर्न आफु तयार रहेको बताएका छन् ।

मेयर महतले मकवानपुरगढी गाउँपालिका तथा रोटरी क्लव अफ हेटौंडाको संयुक्त आयोजनामा भएका २ दिने महिलाको प्रजनन् स्वास्थ्य तथा आङ् खस्ने समस्या सम्वन्धी तालिम कार्यक्रमको अवसरमा बोल्दै ुसो कुरा बताएका हुन् । सो अवसरमा उनले महिलाहरु स्तन क्यान्सर र पाठेघरको क्यान्सर रोगबाट वेलैमा सचेत रहनुपर्ने बताए ।

मेयर महतले महिलाको स्वास्थ्यका क्षेत्रमा विकास बजेट काटेर भएपनि सहयोग गर्न तयार रहेको र स्वास्थ्य क्षेत्रमा आफ्नो कार्यालयले धेरै खालका सहयोग गर्दै आएको पनि जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*