आलमको बयान सकियो
रौतहट, २१ साउन । नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको बयान सकिएको छ । जिल्ला अदाललत रौतहटमा तीन दिनदेखि जारी बयान बिहीबार (आज) सकिएको हो । आलमको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।
२०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको छ ।
