‘ढिलोचाँडो म प्रधानमन्त्री’ : प्रचण्ड

तु खबर संवाददाता
२०७६ कार्तिक २०, बुधबार ०९:०१
file-photo

नेकपा अध्यक्ष पुष्पकमल दाहालले ढिलोचाँडो आफू प्रधानमन्त्री बन्ने संकेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आलोपालो सरकारको नेतृत्व गर्ने लिखित सहमति भएको चर्चा भइरहेका बेला उनको यो अभिव्यक्ति आएको हो ।

नेकपा बाँकेले आयोजना गरेको चियापानमा सहभागी हुन आएका अध्यक्ष दाहालले मंगलबार नेपालगन्ज उद्योग वाणिज्य संघले पेस गरेको ७ बुँदे मागपत्र बुझ्दै भने, ‘यो मागपत्र म एक्लै पढ्दिन । प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्छु ।

ढिलोचाँडो म प्रधानमन्त्री भएलगत्तै यी सबै माग पूरा गर्छु ।’ उनले आफू सरकारको नेतृत्वमा आएपछि सबैलाई पायक पर्ने स्थानमा प्रदेश ५ को राजधानी तोक्न पहल गर्ने पनि बताए ।

अध्यक्ष दाहाल उद्योग वाणिज्य संघको कार्यक्रमलगत्तै चियापानमा सहभागी भएका थिए । त्यहाँ नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले अहिले आफू प्रधानमन्त्री नभएकामा आफूलाई फाइदा पुगेको बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*