सामाजिक सद्भावका लागि छठ पर्वले पनि महत्वपूर्ण भूमिका खेल्छ : मुख्यमन्त्री पौडेल

तु खबर संवाददाता
२०७६ कार्तिक १७, आईतवार ०९:०७

मकवानपुर, १७ कात्तिक । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सामाजिक सद्भावका लागि छठ  पर्वले छठ पर्वले पनि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

शनिबार छठ पूजा व्यवस्थापन समितिले हेटौंडा–१, राप्तीतटमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् । उनले नेपालमा मनाइने विभिन्न पर्वलाई नेपालीको साझा चाडको रूपमा मनाउन सकेमात्रै समृद्धि र संविधान अक्षरशः पालना भएको ठहरिने चर्चा गरे ।

सो कार्यक्रममा जातीय र धर्म विशेषको सरकार नभई सबैको साझा सरकार भएकाले समान ढंगबाट काम गर्ने समेत उनको दाबी गरेका थिए । उनले विकासको काम पनि तिब्र गतिमा भईरहेको बताए ।

समितिमा संयोजक सुशिल सिनोरियाको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य रामनारायण विडारी, प्रदेश संसाद प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवति पुडासैनी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, निमित्त प्रहरी प्रमुख यज्ञ प्रसाद भट्टराई, वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, ४ नम्बर वडा अध्यक्ष नविन सिग्देललगायत विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*