उपनिर्वाचनको लागि नेकपा दाङले गर्यो ३ जनाको नाम सिफारिस
दाङ, १३ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको छ ।
उपनिर्वाचनको लागि चुर्णबहादुर वली, विमला वली र शोभाराम बस्नेतको नाम सिफारिस भएको हो ।
नेकपा प्रदेश निर्वाचन क्षेत्र नम्बर ३ (ख) का संयोजक चुर्णबहादुर वलीले बुधबार एक विज्ञप्ति जारी गर्दै उनीहरुको नाम सिफारिस गरेका हुन् ।
