तरुण दल हेटौंडा १८ को आयोजनामा सांस्कृतिक कार्यक्रम
हेटौंडा, ७ कार्तिक । नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिका १८ ले तिहार तथा छठ पर्वको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम गरेको छ ।
बिहिबार तरुण दल हेटौंडा १८ का अध्यक्ष अरुण केसीको सभाध्यक्षता तथा कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा बृहत् सांस्कृतिक कार्यक्रम भएको हो ।
हेटौंडा १८ नम्बर वडाका ११ स्थानका युवायुवतीबीच भएको नृत्य प्रतियोगितामा विनिसा लामा प्रथम, अशोक लामा र रोशन लामा द्वितीय तथा करुणा अधिकारी र सजिना ठाडामगर तृतीय भएका थिए ।
उनीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार पुरस्कारसहित प्रमाणपत्र पाएका थिए ।
कार्यक्रममा कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, नगर सभापति आनन्दराम पराजुली, साविक २३ नम्बर सभापति पुरुषोत्तम अधिकारी, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, १८ नम्बर तरुण सदस्य मनोज पण्डितले मन्तव्य व्यक्त गरेका थिए ।
