प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान
काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन् ।
असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन उनी बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओली कतार एयरवेजको जहाजबाट अजरबैजान प्रथान गरेका हुन् ।
प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत बाकु प्रस्थान गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार, भ्रमणको दौरानमा उनले विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग भेटवार्ता गर्नेछन् ।
