काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौं, ७ कात्तिक । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (बिहिबार) दिउँसो बस्ने भएको छ ।
दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको बैठकमा उपनिर्वाचन र नेविसंघ लगायतका भ्रातृ संस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
केही दिनयता लगातार भ्रातृ संस्था र उपनिर्वाचनका लागि उम्मेदवार छनोटको विषयमा सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा पार्टी पदाधिकारीबीच छलफल भएको थियो ।
उपनिर्वाचनका लागि उम्मेदवारी छनोट, पार्टीको एजेण्डा र नाराका विषयको पनि बैठकले टुंगो लगाउने प्रवक्ता शर्माले जानकारी दिए ।
