कास्की २ को उपनिर्वाचनका लागि रजनी केसीलाई उम्मेदवार बनाउने साझा पार्टीको निर्णय

तु खबर संवाददाता
२०७६ कार्तिक ६, बुधबार १५:४३

पोखरा, ६ कात्तिक । साझा पार्टीले आगामी मंसिरमा हुने उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर २ का लागि रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यही कार्तिक ५ र ६ गते पोखरामा सम्पन्न साझा पार्टीको केन्द्रीय समितिको बैठकले पोखरा महानगरपालिका निवासी रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

लामो समय नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील केसी २८ भदौमा साझा पार्टीमा प्रवेश गरेकी थिइन् ।

साझा पार्टीले उपनिर्वाचन हुन गइरहेका अन्य रिक्त पदका लागि पनि विधिविधान अनुसार क्रमिक रूपमा उम्मेदवार चयन गर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*