भाइटीकाको उत्तम साइत कात्तिक १२ गते ११ः५५ बजे

२०७६ कार्तिक ३,आईतवार १७:३५

काठमाडौं, ३ कात्तिक । यस वर्ष भाइटीकाकोे उत्तम साईत कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे रहेको छ ।

उक्त साईत नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको हो । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

सो दिन राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन ।

यस वर्ष यमपञ्चक कात्तिक ८ गते शुक्रबारदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक ९ गते शनिबार काग तिहार परेको छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि यसै दिन परेको छ ।

कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा, कात्तिक ११ गते सोमबार शास्त्रीय वचन र कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल सम्वत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ ।
भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ । कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्र सम्मत हुने समितिको ठहर छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*