विप्लव मकवानपुरका दुई युवा नेता नेकपामा प्रवेश

२०७६ कार्तिक ३,आईतवार १६:२४

मकवानपुर, ३ कात्तिक । विप्लव नेतृत्वको मकवानपुरका दुई युवा नेता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

आज मकवानपुरको हेटौँडामा भएको एक कार्यक्रमबीच विप्लव नेतृत्वका मकवानपुर युवा संयोजक सम्शेर घिसिङ र विप्लवका अर्का युवा नेता केशव सुनार नेकपामा प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल तथा जिल्ला कार्यालय तथा सचिवालय सदस्यहरुले अविर तथा खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् ।

विप्लव नेतृत्वले शान्तिपूर्ण बाटो अवलम्बन गर्न नसकेको भन्दै पार्टी परित्याग गरेको उनीहरुले बताएका छन् । उनीहरुले आफुहरु अब नेकपाको कार्यकर्ता भएर राजनीति गर्नेसमेत बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*