विप्लव समूहका जिल्ला सदस्यसहित दुई नेता पक्राउ

तु खबर संवाददाता
२०७६ कार्तिक १,शुक्रबार ०९:२७

नवलपरासी, १ कात्तिक । नेत्रविक्रम चन्द विप्लव समूहका दुई नेता नवलपरासीपूर्वबाट पक्राउ परेका छन् ।

नवलपरासीपूर्वबाट विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य ३५ वर्षीय गणेश विक र २६ वर्षीय गोविन्द विक पक्राउ परेका हुन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, नवलपरासीपूर्वबाट खटिएको प्रहरी टोलीले मध्यविन्दु नगरपालिका–१०, मजुवाखोलाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय, नवलपरासीपूर्वमा राखी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*