राजपा महाधिवेशन फेरि सर्ने

तु खबर संवाददाता
२०७६ आश्विन ३०,बिहीबार ०९:०४

राष्ट्रिय जनता पार्टी (राजपा) ले तेस्रोपटक तोकिएको मितिमा पनि महाधिवेशन गर्न नसक्ने भएको छ । कात्तिक २८–३० सम्म महाधिवेशनको मिति तोकिएको थियो । अहिलेसम्म तयारी अघि नबढेकाले चौथोपटक मिति तोक्न पार्टीभित्र छलफल सुरु भएको छ ।

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कात्तिक ३ गते बस्ने अध्यक्ष मण्डलको बैठकले तोकिएको मितिमै महाधिवेशन गर्ने या सार्ने निर्णय लिने बताए । तयारीबिनै महाधिवेशन सम्भव छ र रु भन्ने प्रश्नमा उनले भने, ‘असम्भव छैन तर औपचारिक निर्णय अध्यक्ष मण्डलको बैठकले मात्रै गर्न सक्छ ।’

पछिल्लोपटक पार्टीले महाधिवेशन तयारी अघि नबढाउनुका पछि समाजवादी पार्टीसँग एकताको प्रसंग मुख्य कारण हो । समाजवादी र राजपाबीच एकीकरणका लागि लामो समयदेखि अनौपचारिक संवाद चलिरहेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*