१० लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

तु खबर संवाददाता
२०७६ आश्विन २८, मंगलवार १५:५१
file photo

काठमाडौं, २८ असोज । प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न एक जनालाई १० लाखसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी बर्जु गाउँपालिका–३ का २४ बर्षीय उमाकान्त राय रहेका छन् ।

उनलाई मोरङको विराटनगर महानगरपालिका–४ को कन्चनबारी चोकबाट पक्राउ गरेको हो ।

प्रहरीले रायको साथबाट नेपाली नोट रू १० लाख, प्राइम बैंक र एनसीसी बैंकको चेकबुक १–१ थान लगायतका सामान बरामद गरेको छ ।

पक्राउ परेका रायलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*