सुनको मुल्यमा गिरावट, चाँदीको मुल्य स्थिर

तु खबर संवाददाता
२०७६ आश्विन २६,आईतवार १६:१९
file-photo

मकवानपुर, २६ असोज । आइतबार (आज) नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य ३ सयले गिरावट भएको छ ।

शुक्रबार प्रतितोला ७० हजार ४ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आईतबार ३ सयले गिरावट भई प्रतितोला ७० हजार १ सयमा कारोबार भएको महासंले जनाएको छ ।

त्यसैगरी आज तेजाबी सुन प्रतितोला ६९ हजार ८ सयमा कारोबार भइरहेको छ भने चाँदीको मुल्य स्थिर रहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार प्रतितोला ८ सय ४५ मा कारोवार भएको चाँदी आइतबार पनी सोही मुल्यमा ८ सय ४५ मा नै कारोवार भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*