काँग्रेस मकवानपुरको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

तु खबर संवाददाता
२०७६ आश्विन २६, आईतवार १५:३३

मकवानपुर, २६ असोज । नेपाली काँग्रेस मकवानपुरले दशैं, तिहार, नेपाल संवत, छठ, क्रिसमत तथा ल्होसार पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम गरेको छ ।

दशै, तिहारको अवसरमा बीपी कोइरालाले २०३४ सालबाट शुरु गरेको चियापान कार्यक्रम काँग्रेस मकवानपुरले हरेक वर्ष झै यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस मकवानपुरका सभापति एवं नेपाली काँग्रेस प्रदेश नम्बर ३ का संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले नेपालको समृद्धीको यात्रामा आफुहरु संगसंगै रहेको बताए । उनले समृद्धीको यात्रामा एउटै सोच र एउटै विचारले मात्र अगाडी बढ्न सकिने बताए ।

कार्यक्रममा प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठ, प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष एवम् ३ नम्बर प्रदेशसभा सदस्य मुनु सिग्देल, ३ नम्वर प्रदेशका प्रदेशसभा सदस्यहरु प्रेमबहादुर पुलामी, कुमारी मोक्तान, सन्तबहादुर चेपाङ, जुनेली श्रेष्ठ, ओम घलान, राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका अध्यक्ष मधु अधिकारी, संविधानसभा सदस्य एवं मकवानपुर बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अनन्त पौडेललगायत अन्य संघसंस्थाका प्रमुख/उपप्रमुख,  संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*