आईतबार सार्वजनिक बिदा

तु खबर संवाददाता
२०७६ आश्विन २४, शुक्रबार ०९:०९

काठमाडौं, २४ असोज । संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आईतबार सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि सरकारले सार्वजनिक बिदा दिएको थियो ।

चिनियाँ राष्ट्रपति सी शनिबार दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*