वंशगोपालमा नापी सम्बन्धि कोर्स जियोम्याटिक्स (सर्भे) इन्जिनियरिङ् पढाई हुने

तु खबर संवाददाता
२०७६ आश्विन २३,बिहीबार १५:१८

मकवानपुर २३ असोज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर ६ स्थित बंशगोपाल माविमा जिल्लामै पहिलो र एक मात्र नापी सम्बन्धि कोर्स जियोम्याटिक्स (सर्भे)इन्जिनियरिङ् पढाई हुने भएको छ ।

सिटिइभिटीद्वारा मान्यता प्राप्त उक्त विद्यालय (प्राविधिक शिक्षालय)मा ३ बर्षे डिप्लोमा कोर्सका लागि सर्भे इन्जिनियरिङ् तर्फ ४४ सिट र सिभिल इन्जिनियरिङ्तर्फ केही सिमित सिट रहेको विद्यालयले जनाएको छ ।

उक्त कोर्स अध्ययनको लागि यही असोज मसान्तसम्म मात्रै फारम भर्न सकिने समेत विद्यालयले जनाएको छ ।
एसइइमा कम्तीमा बिज्ञान र गणित विषयमा सी ग्रेड र अंग्रेजी विषयमा डि ग्रेड प्राप्त गरेका विद्यार्थीलेमात्रै फारम भर्न सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*