समाजवादी पार्टी हेटौँडा–१५ को आयोजनामा चियापन कार्यक्रम सम्पन्न
मकवानपुर, २३ असोज । समाजवादी पार्टी हेटौँडा–१५ को आयोजनामा चियापन तथा शुभाकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
दशैं, तिहार, नेपाल संवत तथा छठ पर्वको अवसरमा सोमबार समाजवादी पार्टीका केन्द्रिय सदस्य डा. धनबहादुर मोक्तानको प्रमुख आतिथ्यतामा चियापान कार्यक्रम सम्पन्न भएको हो ।
समाजवादी पार्टी हेटौँडा–१५ को अध्यक्ष हरिबहादुर रुम्बाको सभाध्यक्षमा भएको कार्यक्रममा समाजवादी पार्टीका जिल्ला नेताहरु जिबनमान मेक्तान र नमराज मोक्तानको विशेष आतिथ्यता रहेको थियो ।
सो कार्यक्रममा दुई जना वृद्धलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्थानीय धनबहादुर रुम्बा र पातली डिम्डुङलाई प्रमुख आतिथि धनबहादुर मोक्तानले खाता लगाएर सम्मान गरिएको समाजवादी पार्टी हेटौँडा–१५ को अध्यक्ष हरिबहादुर रुम्बाले जानकारी दिए ।
कार्यक्रम पार्टीका वडा सचिव मेजर सिं घलानले संचालन गरेका थिए ।
