मकवानपुर प्रहरीले बुझायो हराएको १६ थान मोबाईल

मकवानपुर, १६ असोज । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मितिमा हराएको १६ थान मोबाईल फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ ।
प्रहरी कार्यालय मकवानपुरमा विभिन्न समयमा मोबाईल हराएको भनि दिएको निवेदनको आधारमा बिशेष प्रबिधिको प्रयोग गरी खोजतलासी गरी १६ थान मोबाईल फेला पारी सम्बन्धित धनिलाई बुझाएको हो ।
प्रहरीले बिभिन्न मितिमा हराएको सामसुम, ओपो, भिभो, एम।आईलगायत विभिन्न कम्पनीको मोबाईल फेला पारी आज सम्बन्धित धनिलाई बुझाएको हो ।
मकवानपुर प्रहरीका अनुसार, पछिल्लो समयमा बिगत ८ महिनामा प्रहरी कार्यालय मकवानपुरबाट ११४ थान मोवाईल फेला पारी सम्बन्धित धनिलाई बुझाईसकेको छ ।