तरुण दल गढी गाउँपालिकाको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम
मकवानपुर, १५ असोज । बडादशैको उपलक्ष्यमा बुधबार नेपाल तरुण दल मकवानपुरगढी गाउँपालिकाको आयोजनामा चियापान तथा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम भएको छ ।
चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रम तरुण दल मकवानपुरगढी गाउँपालिका अध्यक्ष ठूलोकान्छा लामाको सभाध्यक्षता तथा प्रतिनिधिसभा २ का क्षेत्रीय सभापति यतिराज सापकोटाको प्रमूख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा कांग्रेस जिल्ला सदस्य अर्जुनप्रसाद दाहाल, हेटौंडा नगरसभापति आनन्दराम पराजुली, गढी गाउँपालिका संयोजक दोर्जे लामा स्याङतान, बखान सिं पाख्रिन, बलराम घिमिरे, कुमार सिं लामा, राजविर तामाङ, शिवप्रसाद न्यौपाने, प्रतिकमान लामा, गोपाल गौतम, रामशरण धिताललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
