मकवानपुरको राक्सीराङमा ६ कोठे विद्यालय भवन बनाउन जापानी राजदुतावासको १ करोड सहयोग

२०७६ आश्विन १४,मंगलवार १५:३९

मकवानपु, १४ असोज । मकवानपुरको विकट राक्सीराङ गाउँपालिका वडा नम्वर २ मा रहेको एक विद्यालयको भवन बनाउन जापानी राजदुतावासले एक करोड सहयोग गरेको छ ।

नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको विशेष पहलमा जापानी राजुदतावासले राक्सीराङ २ सरिखेत कुंडुलेमा रहेको प्रजा प्रगती आधारभुत विद्यालयको ६ कोठे भवन बनाउन एक करोड रुपैयाँ सहयोग गरेको हो ।

जापानी राजदुतावासका डेपुटी चिफ अफ मिशन युजो योशियोका र विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद चौधरीले मंगलबार जापानी दुतावासमा एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

मकवानपुरको विकट पश्चिमी क्षेत्र राक्सीराङ गाउँपालिका २ सरिखेतमा अवस्थित ८ कक्षासम्म पठनपाठन हुने र ८० प्रतिशत चेपाङ तथा प्रजाका बालबालिकाहरु अध्ययन गर्ने प्रजा प्रगती स्कुलको ६ कोठे भवन आगामी २०७७ असोज १४ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*