संचारमाध्यमहरु राजनैतिक पूर्वाग्रहबाट उपयोग भइरहेकोमा मुख्यमन्त्री पौडेलद्वारा चिन्ता व्यक्त

२०७६ आश्विन १४,मंगलवार १५:१९
file photo

मकवानपुर, १४ असोज । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संचारमाध्यमहरुले मुलुकको स्वतन्त्रता, प्रजातन्त्रको सुदृढिकरण र जनताको आर्थिक समृद्धिको लागि सशक्त भुमिका निर्वाह गर्नुपर्नेे बताएका छन् ।

बडादशैंको उपलक्ष्यमा प्रदेश नं. ३ मुख्यमन्त्री तथा मन्त्री परिषद् सचिवालयद्वारा आज मंगलबार आयोजित एक समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

उनले संचारमाध्यमहरु अहिले सरकारको स्वस्थ आलोचना गर्नुभन्दा पनि राजनैतिक पूर्वाग्रहबाट उपयोग भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

उनले प्रदेश सरकारले जनहितका लागि निर्माण गरिने राष्ट्रिय गौरबको आयोजना लगायत शिक्षा स्वास्थ्य, कृषि र नयाँ औद्योगिक क्षेत्रको विस्तार गरी जनतालाई रोजगारीतर्फ उन्मुख गराउने सरकारको मुल लक्ष्य रहेको बताए ।

मुख्यमन्त्री पौडेलले समाचारको स्रोतलाई पत्रकारहरुले सत्य, वस्तुगत र सामाजिक मर्यादालाई उपेक्षा नहुने गरी सम्पे्रशण गर्न पत्रकारहरुमा आफ्नो जिम्मेवारी बोध गर्न आग्रहसमेत गरे ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*