तरुण दल कैलाश गाउँपालिकाको अध्यक्षमा मुक्तान
मकवानपुर, ११ असोज । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल कैलाश गाउँपालिकाको अध्यक्षमा बिनोदकुमार मुक्तान चयन भएका छन् ।
शुक्रबार भएको भेलाले मुक्तानको अध्यक्षतामा १३ सदस्यीय गाउँपालिका समिति गठन गरिएको हो ।
जसमा उपाध्यक्ष विजय लोप्चन र बीरबहादुर थिङ, सचिव राजकुमार लामा, सहसचिवमा भुवन नेगी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा किशोर गोले, रामलाल गोले, कृष्ण मुक्तान, राजकुमार चेपाङ, दीपक योञ्जन, अनिश थापा र शंकर स्याङ्तान रहेका छन् भने क्षेत्रीय कार्यसमितिमा मोहन वाइबा र दीपक तितुङ रहेका छन् ।
तरुण नेता सूर्यबहादुर गोलेको अध्यक्षतामा भएको भेलामा नेपाली काँग्रेस मकवानपुरका सचिव बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
