नेपालमा उत्पादन भएको तरकारी कतारमा निर्यात गर्न प्रदेश सरकार र कतार सरकारबीच छिट्टै सम्झौता हुने : मुख्यमन्त्री पौडेल

तु खबर संवाददाता
२०७६ आश्विन १०, शुक्रबार १५:४५
file photo

मकवानपुर, १० असोज । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार र छिमेकी मित्र राष्ट्र कतारबीच नेपाली कृषकहरुले उत्पादन गरेका मौसमी तरकारीहरु कतारमा निर्यात गर्न केहीदिन भित्रै कतार सरकारसँग सम्झौता हुने बताएका छन् ।

प्रदेश नं. ३ को नीति योजना आयोगद्वारा आज (शुक्रबार) हेटौँडामा आयोजित प्रदेश विकास परिषद् बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् । उनले सरकारले पूर्वाधार विकास निर्माणको क्रममा हेटौँडा–काठमाडौं सुरुङ मार्ग निर्माणको लागि आवश्यकीय प्राविधिक खटनपटन र कानूनी प्रकृयाको थालनी गरिसकेको उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा तयार पारिएको आवधिक योजनालाई मूर्त रुप दिई पञ्च वर्षिय योजनाको रुपमा कार्यान्वयन गर्नेतर्फ पाईपलाईनमा राखिने भएको जानकारी दिए ।

प्रदेश सरकारले यसै चालू आवदेखि प्रदेश निर्माण कम्पनीको व्यवस्थापन गरिएको र सोही कम्पनी मार्फत पूर्वाधार निर्माण र नीजि क्षेत्रको लगानी कर्तालाई सुविधा उपलब्ध गराएर उद्योगको विस्तार गरी उत्पाद वृद्धि गर्नेतर्फ सरकार केन्द्रित रहने उनले बताए ।

उनले प्रदेश सरकारले जनतालाई पूर्वाधार विकासमा आत्मनिर्भर बनाउँनेतर्फ नीजि लगानीकर्ताहरुलाई काठमाडौंमालगायत अन्य शहरमा विद्युतीय बस सञ्चालनको लागि केही महिनाभित्रै योजनालाई कार्यान्वयन हुने दृढता व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*