लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको आयोजनामा शनिबार फुटसल प्रतियोगिता हुने

२०७६ आश्विन १०,शुक्रबार ०९:३०

मकवानपुर, १० असोज । नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले विजयादशमी, शुभ दिपावली र छठ पर्वको शुभकामनासहित फुटसल प्रतियोगिता गर्ने भएको छ ।

बिहिबार नेपाली काँग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संघले भोली अर्थात असोज ११ बजे बिहान हेटौँडाको कमलडाँडा फुटसल प्रतियोगिताको आयोजना गर्नेे जानकारी दिइएको हो ।

नेपाली काँग्रेसको चार भातृ संगठनबीच हुने प्रतियोगिताले खेल क्षेत्रको वृद्धि र विकास, एकापासमा चिनजान तथा भाईचार सम्बन्ध विस्तार हुने उद्देश्यका साथ उक्त प्रतियोगिता संचालन गर्न लागेको कार्यक्रम संयोजक युवराज लामाले जानकारी दिए ।

फुटसल प्रतियोगिमा नेपाल विद्यार्थी संघ मकवानपुर र नेपाल लोकतान्त्रिक संघ मकवानपुरबीच पहिलो खेल हुनेछ भने प्रेस युनियन मकवानपुर र नेपाल तरुणदल मकवानपुरबीच दोस्रो खेल हुने तालिका छ ।

प्रतियोगिमा प्रथम हुनेले १७ किलोको खसी तथा प्रमाणपत्र, दोस्रो हुनेले १२ किलोको बोका तथा प्रमाणपत्र, तेस्रो हुनेले १० किलो कुखुरा र चौथो हुनेले ५ किलो कुखुरा र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*