टोल विकास संस्था स्तरीय सेभेन ए साईड फुटबल : शान्तिचोकको विजय सुरुवात

२०७६ आश्विन ८,बुधबार ०८:०७

मकवानपुर, ८ असोज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. ९ मा मंगलबारबाट सुरु भएको टोल विकास संस्था स्तरीय सेभेन ए साईड फुटबल प्रतियोगितामा शान्तिचोक ए टोल विकास संस्थाले बिजेता हासिल गरेको छ ।

मकवानपुर बेरोजगार युवा संगठन र टोल विकास संस्था वडा समन्वय समितिको संयुक्त आयोजनामा भएको फुटबल धर्मपथ वंगलामुखीलाई २–१ गोलले हराउँदै शान्ति चोक ए टोल विकास संस्थाले बिजेता हासिल गरेको हो ।

खेलको २१ औं मिनेटमा धर्मपथ वंगलामुखीको तर्फबाट जर्सी नम्वर ७ का सन्दीप थापाले गोल गर्दै अग्रता दिलाए । १–० गोलले पछि परेको शान्तिचोकले खेलको दोस्रो हाफको खेलमा फर्कदै दुई गोल गर्यो ।

शान्तिचोकका लागि दोस्रो हाफको पहिलो मिनेटमा जर्सी नं. ८ का डेविट लामाले टोलीलाई खेलमा फर्काए भने शान्तिचोकका लागि दास्रो र विजय गोल जर्सी नं. १५ का बिमल घलानले गरेका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*