नेकपा बागमती गाउँ कमिटीद्वारा सपथ ग्रहण

तु खबर संवाददाता
२०७६ आश्विन १, बुधबार १५:५९

मकवानपुर, १ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती गाउँपालिका पार्टी कमिटीले सपथ ग्रहण गरेका छन् । आज (बुधबार) नेकपा बागमती गाउँपालिकाको ९ वटै वडाको वडाध्यक्ष र सचिवसहित ७५ जनाले सपथ ग्रहण गरेका हुन् ।

कार्यक्रम बागमती गाउपालिका पार्टी कमिटी अध्यक्ष अरुण बलको सभाध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य रामेश्वर राणाको प्रमुख आतिथ्यामा भएको हो ।

कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष मनु सिग्देल, सचिव प्रेम बहादुर पुलामी, ३ नम्बर प्रदेशसभा सदस्य ओम घलान, नेकपाका प्रदेश सदस्य तथा बागमती गाउपालिका अध्यक्ष सर्केस घलान, पार्टी जिल्ला कमिटी नेताहरू , कमिटी सदस्यहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*