विभिन्न पार्टी परित्याग गरी ५६ जना नेपाली काँग्रेसमा प्रवेश

तु खबर संवाददाता
२०७६ भाद्र ३१, मंगलवार १८:१९

मकवानपुर, ३१ भदौ । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ ख को आयोजनामा दोश्रो जनजागरण अभियानअन्तर्गत मंगलबार हेटौंडामा भएको अन्तरक्रिया कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५६ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

काँग्रेस मकवानपुर क्षेत्र १ को ख का क्षेत्रीय उपसभापति गणेशहरि उप्रेतीको सभाध्यक्षता तथा कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्रसा, नेकपा लगायत विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा ५६ जना प्रवेश गरेका हुन् ।

कार्यक्रममा केन्द्रीय प्रतिनिधि ऋषिराम घिमिरे, पार्टीका प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्य राजन खरेल, क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, क्षेत्र १ ख का क्षेत्रीय कोषाध्यक्ष रामहरि खरेल, नेपाल दलित संघकी केन्द्रीय सदस्य पवित्रा विश्वकर्मा, ६ नम्बर वडाअध्यक्ष अर्जुन चौलागाईं, नेपाल महिला संघकी सचिव निलम देवकोटा, जिल्ला सदस्य गीताकुमारी न्यौपाने, महिला नेतृ लक्ष्मी थिङ्गले मनतव्य व्यक्त गरेका थिए ।

कांग्रेस मकवानपुरका जिल्ला पदाधिकारीहरु, सल्लाहकारहरु, जिल्ला सदस्यहरु, क्षेत्र १ ख अन्तर्गतका १२ वडाका पदाधिकारी, सदस्य तथा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*