भीमफेदी बालगृहमा यसरी मनाइयो बाल दिवस

तु खबर संवाददाता
२०७६ भाद्र २९, आईतवार १६:५९

मकवानपुर, २९ भदौ । नेपाल बाल संगठन मकवानपुर शाखाले राष्ट्रिय बालदिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।
सुनिश्चित बाल अधिकार, समृद्ध अधिकारको आधार भन्ने नाराका साथा बाल संगठनको आयोजनामा भीमफेदी बालगृहमा बाल दिवस मनाएको हो ।

बाल दिवसको अवसरमा भीमफेदी बाल गृहका बालबालिका र स्थानीय भीम आधार बोर्डिङ स्कुलका विद्यार्थीहरुको सहभागितामा भएको खेदकुद तथा अतिरिक्त क्रियाकलाप कार्यक्रममा विजयीहरुलाई आइतबार पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै देशको विकासका लागि भौतिक पूर्वाधार विकासले मात्र पूर्ण नहुने भएको सामाजिक विकास आवश्यक भएको बताए ।

त्यस्तै गाउँपालिकाका उपाध्यक्ष पार्वती रानाले बालगृहले अनाथ असहायलाई आश्रय दिएको भन्दै गाउँपालिका सहकार्य गरेर जान तयार रहेको बताए ।

कार्यक्रममा खेदकुद तथा अतिरिक्त क्रियाकलाप कार्यक्रमका विजेता तथा उपविजेताहरुलाई गाउँपालिकाका अध्यक्ष लामा, उपाध्यक्ष राना, संगठनका सल्लाहकारहरु शम्भु नकर्मी कन्यैयाकृष्ण श्रेष्ठ र बैकुण्ठ बलामीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रम संगठनका मकवानपुर अध्यक्ष रमेश गिरीको अध्यक्षतामा भएको हो ।

संगठनको आयोजनामा यसअघि बाल दिवसकै अवसरमा हेटौँडामा विद्यालय स्तरीय दौड प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा हेटौँडा नगर क्षेत्रका विद्यालयका र भीमफेदीस्थित बाल गृहका गरी आठ जना छात्रा र ११ जना छात्रसहित प्रतियोगितामा १९ जनाले प्रतिस्पर्धा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*