विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा १ सय ५४ जना प्रवेश

मकवानपुर, २९ भदौ । नेकपा, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी १ सय ५४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिको आयोजनामा हेटौंडा १६ शक्ति खोलामा भएको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा १ सय ५४ जना विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।
हेटौँडा १६ का वडासभापति एवं वडाअध्यक्ष रामकृष्ण कोइरालाको सभाध्यक्षता तथा केन्द्रीय प्रतिनिधि प्रेमचन्द्र दाहालको प्रमुख आतिथ्यतामा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम भएको हो ।
भेलाले हेटौंडा १६ शक्तिखोलाका पूराना ४ बृद्ध नेतालाई सम्मानसमेत गरेको छ । सम्मानित हुनेमा पदमेश्वर भ्लोन, रामसिं डिम्डुङ, धनलाल मुक्तान र धनलाल घलान रहेका छन् ।
त्यस्तै नेपाल महिला संघले १५ जनालाई सदस्यता वितरण गरेको छ ।