तामाङ घेदुङ हेटौडा १० को अध्यक्षमा मोक्तान

२०७६ भाद्र २९,आईतवार ०९:१४

मकवानपुर, २९ भदौ । नेपाल तामाङ घेदुङ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० को नगर वडा कमिटी घेदुङको अध्यक्षमा सबिन मोक्तान चयन भएका छन् ।

शनिबार हेटौडा वडा नम्बर १० मा भएको भेलाबाट अध्यक्ष मोक्तानको नेतृत्वमा ११ सदस्यीय नया कार्यसमिति चयन गरेको हो ।

कमिटीको उपाध्यक्ष आकाश गोले तामाङ, महिला उपाध्यक्षमा अस्मिता गोले तामाङ, सचिव सन्तोषी लामा, सह–सचीवमा सोमी लामा, कोषाध्यक्षमा मदन कुमार तामाङ, सदस्यहरु शंकरराज लामा, अलिशा गोले, धनबहादुर मोक्तान र बबी लामा रहेका छन् ।

कार्यक्रम नेपाल तामाङ घेदुङ हेटौडा उपमहानगरपालिकाको अध्यक्ष भिमलाल सिन्तान तथा घेदुङ्को जिल्ला उपाध्यक्ष कालु घलानको प्रमुख आतिथ्यतामा भएको हो ।

भेलामा नेपाल तामाङ घेदुङको जिल्ला सदस्य एवम् संचार विभाग प्रमुख दिलबहादुर लामा, सदस्य सुरेश लामा, घेदुङको नगर सचिब सुवास घिसिङलगायतको उपस्थिति रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*