निर्धारित मितिअघि नै बने मकवानपुरको दुई विद्यालय भवन

निर्माण कम्पनीहरूले निर्माण कार्यको ठेक्का लिएर वर्षौंसम्म काम सम्पन्न नगर्ने प्रवृत्ति हाबी भइरहेको अवस्थामा विद्यालय भवनको पुनर्निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले ६ महिनाअघि नै आधा दर्जन भवन निर्माण गररे हस्तान्तरण गरेका छन् ।
निर्माण कम्पनीले यति छिटो भवनको पुनर्निर्माण गररे हस्तान्तरण गर्छ भनेर सरोकारवालाहरूले कल्पनासमेत गरेका थिएनन् । सुगम क्षेत्रका मात्र होइन, दुर्गमका पनि विद्यालय भवन ६ महिनाअघि नै निर्माण गरी हस्तान्तरण गरेका छन् ।
मकवानपुरको सुदूरपूर्वमा पर्ने बाग्मती गाउँपालिका—१ र २ वडामा रहेको बाग्मती मावि र सूर्योदय माविको भवन शुक्रबार एक समारोहबीच हस्तान्तरण गरिएको छ । स्वच्छन्द खानी निर्माण कम्पनीले माघसम्ममा सम्पन्न गरिसक्नुपर्ने समयावधि भएपनि भदौमै स्कुल भवनको पुनर्निर्माण गररे संघीय सांसद कृष्णप्रसाद दाहालले एक समारोहबीच विद्यालय व्यवस्थापन कमिटीलाई नवनिर्मित भवन हस्तान्तण गरेका हुन् ।
बाग्मती गाउँपालिकाको राईगाउँस्थित बाग्मती माविको २ तले ६ कोठे भवनसहित छात्रा र अपांगमैत्री शौचालय निर्माण गरिएको छ । ‘तोकेको समयभन्दा अगावै निर्माण कम्पनीले स्कुल भवन बनाउला भनेर सोचेका थिएनौं,’ प्रअ हर्कबहादृर राईले भने, ‘निर्माण कम्पनीले झरीबादल केही नभनीकन निरन्तर रूपमा काम गरको थियो, जसले गर्दा समयभन्दा अघि नै सकियो ।’
उक्त विद्यालयको भवन २ करोड २१ लाखमा निर्माण गरको हो । बाग्मती गापाका वाग्मती मावि मात्र होइन उक्त गापाकै सूर्योदय माविको भवन पनि ६ महिनाअघि नै सम्पन्न गरेर शुक्रबार एक समारोहबीच हस्तान्तण गरको छ ।
उक्त भवन पनि स्वच्छन्द खानी जेभी निर्माण सेवाले निर्माण गरको हो । २०७२ वैशाख १२ को भूकम्पले दुवै विद्यालयको भवन भूकम्पले क्षतिग्रस्त बनाएको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।