मोबाइल थिचे पानी

तु खबर संवाददाता
२०७६ भाद्र २९, आईतवार ०८:०७

खानेपानी प्राविधिक रामबहादुर भट्टलाई मुहानसम्म पुगिरहनु पर्दैन । घरमै मोबाइल थिचेर गाउँलेको धारामा पानी खसाल्छन् । बस्ती र मुहानको दूरी करिब ७ सय मिटर छ ।

आरुघाट गाउँपालिका–९ र १० वडामा सञ्चालित चनौटे चापापानी सिंगारेढुंगा लिफ्ट खानेपानी आयोजनाले १ सय २० घरमा खानेपानी सुविधा उपलब्ध गराएको छ ।

प्रदेश सरकारबाट निर्मित आयोजनामध्ये गोरखामा पहिलोपटक ‘मोबाइल अपरेटिङ सिस्टम’ प्रयोग गरिएको हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*