न्यायाधिश पौडेलको गाडी चालक १ लाख १० हजार घुससहित पक्राउ

सिराह, २६ भदौ । जिल्ला अदालत सिरहामा कार्यरत न्यायाधीश नरनारायण पौडेलका सवारी चालक वृजमोहन यादव घुरकमसहित पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले १ लाख १० हजार घुससहित बिहीबार पक्राउ गरेको हो ।
यादवलाई अदालतमा विचाराधीन रहेको मुद्दा मिलाइदिने भन्दै पीडितसँग सिरहा सदरमुकामस्थित खड्ग होटलमा घुस लिँदै गरेको अवस्थामा आयोगको कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको जनाएको छ ।