आदिवासी जनजाति ईन्द्रसरोवर गाउँपालिका अध्यक्षमा लामा
मकवानपुर, २६ भदौ । नेपाली काँग्रेस निकट आदिवासी जनजाति संघ ईन्द्रसरोवर गाउँपालिका अध्यक्षमा माधव लामा चयन भएका छन् ।
आदिवासी जनजाति विभाग मकवानपुरका संयोजक भीमबहादुर भोम्जनको सभाध्यक्षता एवं कांग्रेस मकवानपुरका पार्टी सचिव बुद्ध लामाको प्रमूख आतिथ्यतामा बिहीबार भएको भेलाले लामाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
भेलाले उपाध्यक्षमा केशव लामा, महासचिव कृष्ण महर्जन, सचिव रबि भ्लोन, कोषाध्यक्ष अस्मिता गोले र सदस्यहविकाश बलामी, आकाश नगरकोटी, रमेश स्याङतान, बसन्ती स्याङतानलगायत २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
कार्यक्रममा कांग्रेस जिल्ला सदस्य राजिव सुवेदी, जवान सिं वाईबा, हेटौडा उपमहानगर सभापति आनन्दराम पराजुली, नेपाल तामाङ संघ मकवानपुरका अध्यक्ष चम्फुरत्न लामा, नेताहरु सुमन श्रेष्ठ, बमबहादुर थिङ, विकाश बलामी, राजेश सापकोटा, सुवास दाहाल, मुरारी सुवेदी, विष्णु कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
