डेंगु नियन्त्रण गर्न नसकेको भन्दै काँग्रेस सांसदले मागे स्वास्थ्यमन्त्रीको राजीनामा

तु खबर संवाददाता
२०७६ भाद्र २६, बिहीबार १४:४३
file-photo

काठमाडौं, २६ भदौ । नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले डेंगु नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन् ।

देश डेंगुले आक्रान्त भइसक्दा पनि सरकार मुकदर्शक बनेको भन्दै उनले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका हुन् ।

उनले अहिले दुई तिहाइ बहुमतको सरकारले जनताको रक्षा गर्न नसके र जनताको रक्षा कसले गर्छ ? भन्ने प्रश्न पनि गरे । मन्त्री र स्वास्थ्यकर्मीसमेत डेंगु प्रभावित हुँदा पनि स्वास्थ्यमन्त्री चुप बसेको भन्दै उनले राजीनामा माग गरे ।

‘मन्त्री स्वयं डेंगुको रोगले अस्पतालमा हुुनुहुन्छ । स्वास्थ्यकर्मी पनि यसबाट पीडित हुनुहुन्छ । ३ हजार जनता डेंगुबाट पीडित छ । सिंगो देश आक्रान्त छ । तर सरकार मौन छ । म यसमा घोर आपत्ति जनाउँदै स्वास्थ्यमन्त्रीको तत्काल राजीनामा माग गर्दछु’ सांसद गौतमले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*