मकवानपुरको थाहा नगरमा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालय सम्मान

तु खबर संवाददाता
२०७६ भाद्र २२, आईतवार १७:५७

मकवानपुर, २२ भदौ । अन्तराष्ट्रिय साक्षरता दिवस तथा ४० औं राष्ट्रिय शिक्षा दिवश २०७६ को अवसरमा आज (आईतबार) थाहा नगरपालिकामा शिक्षक, विद्यार्थी र विद्यालय  सम्मान कार्यक्रम गरी मनाईएको छ ।

थाहानगरपालिकाको विकासघरमा दिर्घसेवी शिक्षक एवं उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालय सम्मान कार्यक्रम गरिएको हो ।

कार्यक्रम थाहा नगरपालिका प्रमुख लबशेर बिष्टको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अथिति खुलालले ब्यानर पढेरगरेका हुन् ।

स्वेच्छिक अवकास अन्तरगत थाहा नगरपालिकाका ४ जना शिक्षकलाई जनही १ लाख रुपैयाँ नगदसहित कदरपत्र, दोसल्ला सहित सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा मत्स्यनारायण माविका शिक्षक दिपेन्द्रराज प्रधान, सरस्वति निमावि पालुङका राजेश शर्मा पौडेल, जनकल्याण माविका भुपेन्द्रकुमार हमाल ठकुरी, ध्रुव सिंह बिष्ट रहेका छन् ।

कार्यक्रममा नगरमा उत्कृष्ठ हुन सफल विद्यालयहरुलाई समेत सम्मानित गरिएको थियो ।

सम्मानित हुने बिद्यालयहरुमा सामुदायिक तर्फ उत्कृष्ट हुँदै नगद रु ७५ हजारसहित सुनौला मावि, र ५० हजारसहित श्री स्वच्छन्द भैरव माद्यामिक विद्यालय, सस्थागत तर्फ इअन एकेडेमि, पालुङ ईंग्लिश बोर्डिङ स्कुलका रहेका छन् ।

उत्कृष्ट विषयगत शिक्षकमा सुनौला माबी, इङ्लिश शिक्षक कुमार मिजार, नेपाली शिक्षक सरिता कार्की, बिज्ञान शिक्षक ओम प्रकाश पन्डित, सामाजिक शिक्षक मिना महर्जन सम्मानित भएका हुन् ।

साथै सम्मानित हुने विद्यार्थीहरुमा सुनौला माविका निशान्त बलामी, झम्केस्वोरी माविका सामेल भम्जन, प्रमोद गोले, बज्रबाराही मावि शुशान्त बिडारी, श्री पालुङ ईंग्लिश बोर्डिङ स्कुलको गौरब कार्की, आशिष श्रेष्ठ, इअन एकेडेमिका जनक लाल थिङ,रेबिका गोपाली, स्पृया आचर्यजनकल्याण माविका अम्बिका अधिकारी, आस्था अधिकारि,रोहिणी स्याङ्तान अस्मिता खड्का, नबिका धमाल, प्रसन्ना प्रधान श्री हिमालय ईंग्लिश बोर्डिङ स्कुलका सुजिता प्रधान रहेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल थाहा नगरपालिका प्रमुख लबशेर बिष्ट, उत्कृष्ट विद्यालय तर्फबाट सुनौला माबीका प्रधान अध्यापक कृष्ण प्रसाद लामिछाने, उत्कृष्ट बिधार्थि तर्फबाट सामेल भम्जन लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*