नेकपाका कार्यकर्तालाई अल्मलिने छुट छैन : केन्द्रीय सदस्य खतिवडा

२०७६ भाद्र २०,शुक्रबार ०९:४७

मकवानपुर, २० भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकप) का केन्द्रीय सदस्य एबम् मकवानपुर जिल्ला इन्चार्ज बिरोध खतिवडाले नेकपाका कार्यकर्ताहरुलाई अब अल्मलिएर बस्ने छुट नभएको बताएका छन् ।

उनले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र पार्टी मिलेर नयाँ पार्टी बन्ने क्रममा केही शिथिलजस्तो देखिएको संगठनको कामलाई अब द्रुतगतिमा अघि बढाउनुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी मनहरी गाउँपालिका कमिटीका सदस्यहरुलाई सामूहिक सपथग्रहण गराउँदै केन्द्रीय सदस्य खतिवडाले भने–‘अब पार्टीका गतिविधिहरु तीब्र रुपमा अघि बढ्नुपर्छ ।’ उनले नेकपाको गतिविधिहरु शिथिल हुँदा धमिलो पानीमा माछा मार्ने प्रबृत्तिमा रमाउने बिपक्षीहरु हौसिएको टिप्पणी समेत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एबम् मकवानपुर सह–इन्चार्ज रामेश्वर राना र कुमारी मोक्तानले नेपाल र नेपालीको समृद्धि र आर्थिक भौतिक विकास नेकपाको नेतृत्वबाट मात्रै सम्भव भएको बताए । उनीहरुले नेकपाले सुखी नेपाली, समृद्ध नेपालको परिकल्पना गरेर अघि बढिरहँदा बिपक्षीहरुले कुनै पनि हिसावले आलोचना गरेर विवादमा पार्न खोजिएकोप्रति कार्यकर्ताहरु सचेत हुनुपर्ने सुनाए ।

कार्यक्रममा नेकपा जिल्ला कार्यालय सदस्य एकालाल श्रेष्ठ, बलराम बल, जिल्ला सचिव प्रेमबहादुर पुलामी छिन्तु लगायतले मन्तब्य ब्यक्त गरेका थिए भने प्रदेश कमिटी सदस्य तथा ३ नं प्रदेश सांसद ओमबहादुर ग्लान, कार्यालय सदस्य प्रमिला लामा, सचिवालय सदस्यहरु, लालबहादुर थापा, बनस्तम थिङ, गोविन्दराम चेपाङ लगायतको उपस्थिति रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*