काँग्रेस मकवानपुरले बृहत राजनीतिक दर्पण प्रकाशन गर्ने
मकवानपुर, १८ भदौ । नेपाली काँग्रेस मकवानपुरले कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा बृहद राजनीतिक दर्पण प्रकाशन गर्ने भएको छ ।
मकवानपुर जिल्लामा रही नेपालको लोकतान्त्रिक आन्दोलनमा अहँम भूमिका निर्वाह गर्ने लोकतान्त्रिक योद्धाहरु, नेपाली काँग्रेस मकवानपुर एवं भातृ/शुभेच्छुक संघ–संगठनमार्फत ईतिहासदेखि अहिलेसम्म भएगरेका राजनीतिक एवं सामाजिक गतिविधिलाई समेटेर बृहत राजनीतिक दर्पण प्रकाशन गर्न लागेको संयोजक लामिछानेले बताए ।
लामिछाने संयोजक रहेको बृहद राजनीतिक दर्पण प्रकाशन समितिमा बुधबारै ५ जना सदस्यसमेत मनोनित भएका छन् ।
सदस्यहरुमा पार्टीका प्रवक्ता प्रदिप कोइराला, प्राध्यापक एवं बुद्धिजिवी कृष्णप्रसाद दाहाल, राजबाबु पहाडी, रुपेश दुलाल र सूचना प्रविधि संयोजनमा सुजन विडारीलाई मनोनित गरिएको प्रकाशन समिति संयोजक लामिछानेले जानकारी दिए ।
