राष्ट्रिय परिचयपत्रको दीर्घकालीन र रणनीतिक महत्व छ : अध्यक्ष प्रचण्ड

तु खबर संवाददाता
२०७६ भाद्र १८, बुधबार १६:५६
file-photo

चितवन, १८ भदौ । नेपाल कम्युजिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, विकास र सुरक्षाका हिसाबले राष्ट्रिय परिचयपत्रको दीर्घकालिन र रणनीतिक महत्व रहेको बताएका छन् । अध्यक्ष प्रचण्डले बुधबार चितवनमा भएको एक कार्यक्रमबीच सो कुरा बताएका हुन् ।

उनले विगत बर्षदेखि नै राष्ट्रिय परिचयपत्र वितरणको चर्चा र छलफल चलेपनि हाल आएर उक्त कामको थालनी भएको बताए ।

उनले राष्ट्रिय परिचयपत्र वितरणको ऐनका सम्वन्धमा उठेका प्रश्नको जावफ दिँदै प्रतिनिधिसभाले पारित गरेपनि राष्ट्रिय सभाबाट पारित हुन बाँकी रहेको र राष्ट्रियसभाबाट पनि पारित हुनेमा विश्वास व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*