टिपर आतंक घट्नुको साटो बढेको छ : सांसद खतिवडा
मकवानपुर, १२ भदौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले टिपर आतंक रोक्न सरकारसँग माग गरेका छन् । उनले मासिक ७ जनाको टिपरकै कारण मृत्यु हुने गरेको भन्दै नियत्रन्ण गर्न माग गरेका हुन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले भने, ‘सभामुखज्यू अहिले अभिभावकहरूले यमराज कहाँ छन् भनेर देखाउनुपर्यो भने रिङरोडको छेउमा ल्याएर राख्दा रहेछन्। दुई चार घण्टा उभ्याएपछि बच्चाहरूले यमराज देख्न पाउने !’
काठमाडौंजस्तो शहरी क्षेत्रमा टिपर चलाउनै दिन हुँदैन। सरकारले भने रोक लगाउनुको साटो दिउँसो चल्न नदिने नियम ल्यायो । बिहान ८ बजेअघि र बेलुकी ८ बजेपछि मात्र मालवाहक सवारी चल्न दिने नियम टिपरमा पनि लागू भयो । यो नियमले टिपर आतंक घट्नुको साटो बढेको छ ।
