काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै
काठमाडौं, ११ भदौ । नेपाल काँग्रेस केन्द्रीय समितिको बैठक आज (मंगलबार) दिउँसो २ बजे बस्ने भएको छ । काँग्रेसको आज बस्ने बैठकमा भ्रातृसंस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार बुधबार भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो ।
काँग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएको छ । समय सकिएपछि ती सबै निष्कृय छन् । सुसुप्त भएका नेविसंघलगायतका भ्रातृसंस्थालाई पुनर्जीवन दिने तयारी कांग्रेसको छ ।
