विप्लव मकवानपुरका जिल्ला सदस्य भिम प्रसाद गौतमद्धारा पार्टी परित्याग

तु खबर संवाददाता
२०७६ भाद्र १०, मंगलवार १७:३४

मकवानपुर, १० भदौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको जिल्ला कमिटी सदस्य भिम प्रसाद गौतमले पार्टी परित्याग गरेका छन् ।

मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै गौतमले विप्लव पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।

नेपाल अटो इ रिक्सा व्यवसायी संघ हेटौंडाका अध्यक्षसमेत रहेका उनले आगामी दिनमा पार्टीले गरेको कुनै पनि गतिविधीमा गुण र दोषको जिम्मा नलिने गरी विप्लव पार्टी परित्याग गरेको बताए ।

अनुसन्धानको लागि साउन १७ गते पक्राउ परेका गौतमलाई प्रहरीले भदौ ८ गते रिहा गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*