महिला संघ मकवानपुरको आयोजनामा तिज विशेष कार्यक्रम

२०७६ भाद्र १०,मंगलवार १६:१८

मकवानपुर, १० भदौ । नेपाल महिला संघ मकवानपुरले मंगलबार तिज विशेषसहित दर खाने कार्यक्रम गरेको छ । महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमूख अतिथि डिनाले हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा मकवानपुरका दिदिबहिनीहरुलाई बोलाएर तिज विशेष कार्यक्रम गरेकोमा महिला संघ मकवानपुरलाई धन्यवाद दिंदै अबका दिनमा पनि महिलाहरुलाई एकजुट गराई सामाजिक कामलगायत विकास निर्माण, नेतृत्व तहमा सशक्त बनाउन महिला संघले भूमिका खेल्नुपर्ने बताइन् ।

महिला संघ मकवानपुरकी सचिव निलम देवकोटाले सहजीकरण गरेको कार्यक्रममा महिला संघ नगर सभापति लक्ष्मी गौतम, महिला संघ क्षेत्रीय सभापतिहरु मिठु भण्डारी, शान्ता विक, तारा कार्की, महाधिबेशन प्रतिनिधि जानकी लामा, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेलगायतले तिजको शुभकामना ब्यक्त गरेको थियो ।

काँग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको कार्यक्रममा काँग्रेस मकवानपुरका पदाधिकारी, सदस्यहरु, सल्लाकारहरु, भातृ तथा शुभेच्छुक संघसंगठनका पदाधिकारी एवं सदस्य तथा महिला दिदिबहिनीहरुको उपस्तिथि रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*